एमालेले छान्यो ५ मन्त्री, आजै सपथ लिने

158
  •  
  •  
  •  

काठमाडौँ, १९ कात्तिक(ओएनएस) : सरकारको प्रमुख घटक नेकपा एमालेका ५ मन्त्रीले आज सपथ ग्रहण गर्ने भएका छन् । सपथ ग्रहण आज ४ बजे हुने छ ।

एमालेले छानेका मन्त्रीहरूमा भीम रावल, बिष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, शेरधन राई, आनन्द पोखरेल रहेका छन् । एमालेबाट मन्त्री हुने भीम रावलले उपप्रधान तथा शहरी विकास, बिष्णु पौडेलले अर्थ, आनन्द पोखरेलले पर्यटन र शेरधन राईले सञ्चार मन्त्रीका रूपमा सपथ ग्रहण गर्ने भएका छन् । तर, पार्टी उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले भने सरकारमा नजाने भन्दै मन्त्री पद अस्विकार गरेको एमाले स्रोतले जनाएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र मालेका महासचिव सीपी मैनालीले पनि उपप्रधानमन्त्री पाउने भएका छन् । फोरम लोकतान्त्रिकका रामजनम चौधरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । यसअघि एमालेले दावी गरिरहेको थियो ।  केसीले उप-प्रधानसहित शहरी विकास र मैनालीले उपप्रधानसहित महिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यससँगै उपप्रधानमन्त्री ६ जना भएका छन् । यसअघि एमाओवादी, राप्रपा र फोरम लोकतान्त्रिकबाट उपप्रधानमन्त्री बनिसकेका छन् भने आज तीन उपप्रधानमन्त्री थपिदैँछन् ।

यसअघि बिना विभागीय मन्त्रीको सपथ लिइसकेका सत्यनारायण मण्डलाई युवा तथा खेलकुद, राप्रपा नेपालका रामकुमार सुब्बालाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

बिना विभागीय मन्त्रालयमा सपथ लिएका विश्वेन्द्र पासवानलाई विज्ञान प्रविधि र वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


  •  
  •  
  •