ओलीलाई प्रधानमन्त्री बनाउन एमालेलाई एक थान संविधान आवश्यक : प्रवक्ता शर्मा

217
  •  
  •  
  •  

dinanath-sarmaभक्तपुर, २३ पुस : एकिकृत नेकपा (माओवादी)का प्रवक्ता दिनानाथ शर्माले सभामुखले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोली बोलेको बताएका छन् ।

रफत सञ्चार क्लव भक्तपुरमा आज भएको अन्र्तसंवादमा शर्माले मस्यौदा तयारीको जिम्मेवारी दिन गरेको सभामुखको अनुरोध एमाले पार्टीको बोली भएको टिप्पणी गरेका छन् । शर्माले केपी ओलीलाई प्रधानमन्त्री बनाउनु जसरी भए पनि एक थान संविधान जारीको आवश्यकता रहेको बताए ।

राजनीतिक सहमतिलाई पाखा लगाएर जसरी पनि संविधान जारी भए त्यसले दुर्भाग्य निम्त्याउने भन्दै शर्माले सहमती भए माघ ८ मा नभएर जेठ १५ सम्म संविधान जारी गर्न सकिने बताए ।

जनअन्दोल र १२ बुँदे सहमतीको विपक्षमा रहेका प्रधानमन्त्री सुशील कोईराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको दक्षिणपन्थी सोचकै कारण माघ ८ मा संविधान जारी हुन नसक्ने शर्माको दावी छ । काँग्रेस यही सरकालाई लम्बाउँदै सत्ताको निरन्तरतामा रहेको र माघ ८ पछि जसरी पनि केपी ओली प्रधानमन्त्री बन्ने सोच बढ्दै गएकाले संविधानको विषय ओभेलमा पर्दै गएको उनको दावी छ ।

संघियतामा जसरी एमाओवादीलाई आरोप लगाउने गरिएको छ त्यो गलत भएको बताए । तराईका पाँच जिल्ला नेपालका राजनीतिक दलका हस्तीहरुको आफ्नो अस्तित्वको जुँगे लडाई भएकाले सबै दोष एमाआवादीलाई थुपारेको आरोप लगाए । उनले भने, ‘एमाओवादी प्रदेशको सवालमा समेत लचक रहेता पनि एमाले र काँग्रेसकै कारण समस्या बढेको हो ।’

एमाओवादी सहित ३० दलले गरेको आन्दोलन जनताको लागि भएको र जनसंविधान जारीका लागि दवाव भएकाले आम हड्ताल र बन्दको कार्यक्रम रहेको शर्माले बताए ।


  •  
  •  
  •