साउनमा संविधान नआउने एमाले निस्कर्ष

83
  •  
  •  
  •  

CPN UML leaders
फाईल फोटो

काठमाडौ, २० साउन(ओएनएस) : नेकपा एमालले संविधान साउनमा आउने वा नआउने समिक्षा सहित पार्टीको नयाँ धारणा तय गर्ने भएको छ ।

पछिल्लो समय कांग्रेसमा देखिएको असमझदारी, सीमांकनमा विषयमा देखिएको विवाद लगायतका विषयमा छलफल गरेर संविधानका विषयमा नयाँ निस्कर्षमा पुगिने एक नेताले जानकारी दिए ।

त्यसका लागि स्थायी कमिटी बैठक बोलाइएको छ । बिहान ११ बजेपछि संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले घटनाक्रमका विषयमा जानकारी गराएपछि त्यसमा थप छलफल हुनेछ ।

कांग्रेस र एमाओवादीका कारण संविधानमा साउनमा आउन नसक्ने एमालेले आन्तरिक निस्कर्ष निकालेको एक नेताले बताए ।


  •  
  •  
  •