माधव नेपालको असन्तुष्टी ओलीले सम्बोधन गर्ने

188
  •  
  •  
  •  

cpn-uml-central-committeकाठमाडौ, २४ मंसिर(ओएनएस) : संविधानका विवादित विषयमा केन्द्रित हुने भन्दै मंगलबार स्थगित भएको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले राखेको असन्तुष्टिमाथी एमाले अध्यक्ष ओलीले आफ्नो भनाई राख्नुका साथै उक्त विषयमा छलफल गरिने एमालेले जनाएको छ । यस्तै बैठकमा पार्टीका अन्य एजेण्डामा छलफल हुनेछ ।

एमालेले भावी संविधानका विवादित विषयमा सहमतिका लागि लचक भएर अघि बढ्ने निकर्ष निकालेको थियो । आज पार्टीको आन्तरिक एजेण्डामा वैठक प्रवेश गर्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार दिउँसो १२ बजे बोलाइएको बैठकमा एजेण्डा तय गर्न त्यसअघि पदाधिकारी बैठक बस्दैछ । पदाधिकारी बैठक बिहान १० बजे बोलाइएको छ ।


  •  
  •  
  •