एमालेले आज राजधानीमा बृहत भेला गर्दै

68
  •  
  •  
  •  

umlकाठमाडौ, ५ माघ(ओएनएस) : नेकपा एमालेले आज राजधानीमा कार्यकर्ता भेला गर्दैछ । संविधान निर्माणमा उत्पन्न जटिलता, संविधान जारी हुने नहुनेलगायतका विषयमा पार्टीको दृष्टिकोण, पार्टीको आगामी योजनालगायतका विषयमा जानकारी गराउन भेला गर्न लागिएको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओएनएसलाई जानकारी दिएकी छिन् ।

मध्यान्ह कमलादीस्थित प्रज्ञा भवनमा हुने भेलालाई अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका अरू शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । भेलामा उपत्यकाका सबै पार्टी कमिटी, संगठित सदस्य तथा अरु जनवर्गीय संगसंगठनका पदाधिकारी तथा सदस्य, सबै सम्पर्क कमिटी तथा मंचमा आवद्धहरुलाई बोलाइएको छ ।

यसअघि उपत्यका बाहिर विभिन्न ठाउँमा भेला गरेको एमालेले उपत्यकामा एकदिने भेला गर्न लागेको हो ।


  •  
  •  
  •