एमालेले चयन ग-यो ६२ सदस्यीय पोलिटब्यूरो (नामावलीसहित)

214
  •  
  •  
  •  

umlकाठमाडौं, २८ मंसिर (ओएनएस) :  नेकपा एमालले ६२ सदस्यीय पोटिलब्यूरो गठन गरेको छ । जसमा ४७ पूर्ण र १५ बैकल्पिक रहेका छन् ।

आइतबार अध्यक्ष केपी ओली निवास बालकोट भक्तपुरमा ओली र नेता माधवकुमार नेपालबीच भएको छलफलपछि सहमतिमै पोलिटब्यूरो चयन भएको हो । दुबै नेताको उक्त सहमतिलाई केन्द्रीय समितिमा प्रस्तुत गरिएको थियो ।

यसअघि ओली र नेपालले सहमतिका आधारमा स्थायी समिति २३ सदस्यीय बनाउने सहमति गरेका थिए । यसअघि २१ सदस्यीय स्थायी बनाउन सहमत दुई नेताबीच भागबण्डा मिलाउन दुई सदस्य बढाउने पनि सहमति भएको छ । २१ जना पूर्व र २ जना वैकल्पीक स्थायी समिति सदस्य हुनेछन् ।

स्थायी समितमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा र लालबाबु पण्डित पूर्ण स्थायी समिति सदस्य हुनेछन् । १४ पदाधिकारी स्वत स्थायी समिति सदस्य हुन्छन् भने पूर्व अध्यक्ष झलनाथ खानाल पनि स्थायी समितिमा हुनेछन् । यसअघि शनिबार नेता माधव कुमार र मुकुन्द न्यौपानेलाई स्वत स्थायी समिति सदस्य बनाउन सर्वसम्मतले निर्णय भएको थियो ।

पोलिटब्युुरोका पूर्ण सदस्यहरु
१. केपी शर्मा ओली
२. झलनाथ खनाल
३. माधवकुमार नेपाल
४. वामदेव गौतम
५. विद्यादेवी भण्डारी
६. युवराज ज्ञवाली
७. अष्टलक्ष्मी शाक्य
८. भीम रावल
९. ईश्वर पोखरेल
१०. विष्णुप्रसाद पौडेल
११. घनश्याम भूषाल
१२. प्रदीप ज्ञवाली
१३. पृथ्वी सुब्बा गुरुङ
१४. गोकर्ण बिष्ट
१५. भीम आचार्य
१६. योगेश भट्टराई
१७. मुकुन्द न्यौपाने
१८. अग्नी खरेल
१९. अरुण नेपाल
२०. काशीनाथ अधिकारी
२१. किरण गुरुङ
२२. गणेश तिमिल्सिना
२३. गंगालाल तुलाधर
२४. छविलाल विश्वकर्मा
२५. थममाया थापा
२६. नागेन्द्र चौधरी
२७. प्रकाश ज्वाला
२८. प्रदिप नेपाल
२९. परशुमेघी गुरुङ
३०. पशुपति चौलागाईं
३१. बिन्दा पाण्डे
३२. बेदुराम भुसाल
३३. भानुभक्त ढकाल
३४. महेन्द्र पाण्डे
३५. यामलाल कँडेल
३६. रघुजी पन्त
३७. राजेन्द्र पाण्डे
३८. राधा ज्ञवाली
३९. रामनाथ ढकाल
४०. रामप्रित पासवान
४१. लालबाबु पण्डित
४२. विजय पौडेल
४३. विष्णु रिमाल
४४. शंकर पोखरेल
४५. सत्यनारायण मण्डल
४६. सुरेन्द्र पाण्डे
४७. श्रीमाया थकाली

वैकल्पिक सदस्यहरु
१. कर्ण थापा
२. गोकुल घर्ती
३. गोरख बोगटी
४. गौरा प्रसाईं
५. जगत विश्वकर्मा
६. जगन्नाथ खतिवडा
७. तुलबहादुर गुरुङ
८. दलबहादुर राना
९. बंशिधर मिश्र
१०. भागवत विश्वासी
११. युवराज कार्की
१२. योगनारायण यादव
१३. शत्रुघन महतो
१४. शेरधन राई
१५. सानुकुमार श्रेष्ठ


  •  
  •  
  •