प्रदेश नम्बर २ मा पहिलो हुनेमा एमाले विश्वस्त, थप ठोस जिम्मेवारीसहित खटिने

180
  •  
  •  
  •  

Ishwor-pokhral-1

काठमाडौं, २६ साउन (ओएनएस) : आगामी असोज २ गते प्रदेश नम्बर २ मा तेस्रो चरणमा हुने निर्वाचनमा पहिलो हुनेमा एमाले विश्वस्त देखिएको छ ।

आज पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठक बैठकले दुई नम्बर प्रदेशमो निर्वाचनमा एमाले पहिलो हुने निश्कर्ष निकालेको हो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रदेश नं. २ का आठवटै जिल्लाको स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा भएका कामहरुको रिपोर्ट प्रस्तुत गरियो ।

प्रदेश नं. २ मा खटिएका पार्टीका केन्द्रीय पदाधिकारीहरुको रिपोर्ट अनुसार उक्त प्रदेशमा नेकपा (एमाले)का पक्षमा परिस्थिति सकारात्मक बन्दै गएको, पार्टीपंक्ति उत्साहजनक ढंगले परिचालित भएको, नेकपा (एमाले)मा प्रवेशको माहोल सिर्जना भएको, भेला, बैठक, छलफल, अन्तक्र्रियालगायतका गतिविधिहरु तीब्र ढंगले अगाडि बढिरहेको, नेकपा (एमाले)को विजयका निम्ति पार्टीपंक्ति एकताबद्ध भएर संकल्प गरिरहेको अवस्था रहेको उल्लेख छ ।

पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा पछिल्लो परिस्थितिमा आइरहेको सकारात्मक अवस्थाले प्रदेश नं. २ मा नेकपा (एमाले) पहिलो शक्तिको रुपमा स्थापित हुने कुरामा पार्टीले विश्वास लिएको उल्लेख गरिएको छ ।

बैठकले प्रदेश नम्बर २ पार्टीलाई अझ बलियो बनाउन केन्द्रीय नेताहरु, सांसदहरु, अन्य प्रदेशमा जितेका स्थानीय जनप्रतिनिधिहरु, मोर्चा संगठनका नेताहरुलगायतलाई प्रदेश नं. २ को निर्वाचनमा सहयोग गर्न ठोस जिम्मेवारीसहित खटाउने निर्णयसमेत गरेको छ ।

प्रदेश नं. २ का सबै पार्टी कमिटी, जनसंगठन र पार्टी कार्यकर्ता र सदस्यहरुलाई उच्च मनोबल र आत्मविश्वासका साथ निर्वाचनको तयारीमा जुट्न र पार्टीलाई बहुमतसहित पहिलो पार्टीका रुपमा स्थापित गर्न दृढताका साथ अघि बढ्न बैठकले निर्देशन गरेको छ ।


  •  
  •  
  •