एमाले महाधिवेशनमा ६० देशका पार्टीलाई निमन्त्रणा

166
  •  
  •  
  •  

काठमाडौं, २७ जेठ (ओएनएस) : नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले महाधिवेशनको तयारी तिब्ररुपले भइरहेकोजनाएको छ । मंगलबार नवौं राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज अनुमोदन, सदस्यता नवीकरणलागायतका काम सकिएको पार्टी महासचिब तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सयंयोजक इश्वर पोखरेलले जानकारी दिए । उनले जिल्ला–जिल्लामा महाधिवेशन प्रतिनिधिको छनोट पनि हुन लागेको बताए । उनका अनुसार आगामी असार ७ गते देशैभरी एकैसाथ प्रतिनिधि छनोका लागि निर्वाचन हुनेछ ।
केन्द्रीय कमिटीले महासचिवले प्रस्तुत गरेको सङ्गठनात्मक प्रतिवेदनलाई सुझावसहित अनुमोदन गरेको छ । प्रतिवेदनले परिवर्तित परिस्थितिमा पार्टी निर्माण र सञ्चालनका सन्दर्भमा नयाँ अवधारणाहरू अगाडि सार्दै आगामी दिनमा पार्टी कमिटीहरूलाई उत्पादन र सामाजिक–आर्थिक रूपान्तरणको अग्रणी भूमिका खेल्नसक्ने गरी रूपान्तरित गर्ने, पार्टी जीवनको लोकतान्त्रिकरणको अवधारणालाई नयाँ उचाइमा विकास गर्ने र नेतृत्व हस्तान्तरणको बिषयमा मुख्य जोड दिइएको छ ।
यस्तै विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको छ । प्राप्त सुझावहरूलाई समावेश गरी विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
यसबीच अतिथि सत्कार उपसमिति, सुरक्षा तथा स्वयम्सेवक व्यवस्थापन उपसमिति, महाधिवेशन स्थल व्यवस्थापन उपसमिति, प्रचार, कार्यालयलगायत उपसमितिहरूले आफ्ना तयारीलाई तीब्रताका साथ अगाडि बढाइरहेका छन् । नवौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन ६० मुलुकका भाइचारा तथा मित्र पार्टीलाई निमन्त्रणा गरिएको पोखरले जानकारी दिए ।
मंगलबारै नवौं राष्ट्रिय महाधिवेशनको लोेगो सार्वजनिक गरिएको छ ।


  •  
  •  
  •