नेपाल कम्युनिष्ट पार्टीका आधा दर्जन केन्द्रिय सदस्य मालेमा

292
  •  
  •  
  •  

काठमाडौं, २४ जेठ (ओएनएस) : नेपाल कम्युनिष्ट पार्टीका आधा दर्जन भन्दा बढी केन्द्रीय सदस्यले सामुहिकरुपमा माले प्रवेश गरेका छन् । उनीहरुलाई शनिबार माले अध्यक्ष सीपी मैनालीले पार्टी कार्यालय रातोपुलमा टिका लगाएर पार्टी प्रवेश गराए । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी यो घटनासँगै विघटनको अवस्थामा पुगेको छ । माले प्रवेश गर्नेहरुमा नेकपामा पोलिटब्यूरो सदस्य आङछिरिङ शेर्पा र केन्द्रीय सदस्य कृष्ण राना, केदार गिरी, गुरु दाहाल, अधिवक्ता कृष्ण शर्मा, विष्णु अधिकारी र तिलक न्यौपाने लगायत छन् ।

नेकपामा रहेका पूर्वमसालका नेताहरु रामसिंह श्रीस र परि थापालगायतको टोली मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा प्रवेश गर्ने तयारीमा छ ।


  •  
  •  
  •