राष्ट्रिय सहमतिका लागि संविधानसभा विघटन गर्नुपर्ने

216
  •  
  •  
  •  

काठमडौं, ७ साउन (ओएनएस) :  नेकपा–माओवादीको हालै काठमाडौंमा सम्मपन्न पूर्ण केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सहमतिका लागि संविधानसभा विघटन हुनुपर्ने शर्त राखेको छ । बैठकमा अध्यक्ष मोहन वैद्यले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो शर्त उल्लेख गरिएको छ ।
अध्यक्षको प्रतिवेदनमा तत्कालिन राजनीतिक कार्यनीतिका रुपमा नयाँ राष्ट्रिय राजनीतिक सहमतिको निर्माण, संसिवधानसभाको विघटन, सर्वपक्षीय राजनीतिक सभाको गठन, राष्ट्रिय सँयुक्त सरकार गठन गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै भारतमा भारतीय जनता पार्टीको सरकार बनेकोले नेपालमा त्यसको नकारात्मक प्रभाव पर्ने उसको निश्कर्ष छ । प्रतिवेदनमा अध्यक्ष बैद्याले भनेका छन्, ‘दक्षिण एसियाली क्षेत्रमा भारतीय विस्तारवादी उत्पीडन बढ्दै गएको छ र भारजपा जस्तो साम्प्रदायिकवादी शक्ति सरकारमा आएको छ । यसबाट एकतातिसर त्यसको नेपालमा थप नकारात्मक प्रभाव पर्ने र अर्काेतिर यस क्षेत्रमा अमेरिकी साम्रराज्यवाद अझै फैलिने प्रबल सम्भावना छ ।’
नेकपा–माओवादीले पाँच दीलय मोर्चालाई शसक्त बनाउनेलगायत ‘संघीयता पक्षधर’ मोर्चालाई पनि बलियो बनाउने बताएको छ । बुधबार बैठकका निर्णय सार्वजिनक गर्दै अध्यक्ष वैदाले पार्टीमा देखिएका आन्तरिक विवादलाई साम्या पार्न अर्काे वर्ष महाधिवेशन गरिने बताए । पूर्ण बैठकबमा उनको राजनीतिक प्रतिवेदनको विरुछ सचिब नेत्रविक्रम चन्दको प्रस्ताव पेश भएको थियो । हाललाई यी दुबै प्रतिवेदनलाई थाँति राखेर अध्यक्षको प्रतिवेदनलाई परिमार्जन गरी संक्षिपतरुपमा पारित गरिएको छ ।


  •  
  •  
  •