नेकपा–माओवादी कार्यकर्ता प्रशिक्षणमा व्यस्त

512
  •  
  •  
  •  

काठमाडौं, २७ साउन (ओएनएस) : जनविद्रोह बिना जनताको संविधान नबन्ने भन्दै नेकपा–माओवादीले देशभर कार्यकर्ता प्रशिक्षण अभियान सुरु गरेको छ । संसदीय व्यवस्थाबाट आउने संविधान सबैको सहमतिको आधारमा नहुने भएको भन्दै उसले प्रशिक्षण अभियान सुरु गरेको हो ।

संविधानसभाबाट जनताको संविधान नबन्ने भन्दै गोलमेच सम्मेलनका लागि दबाब दिइरहेको माओवादीले त्यसो नभए जनक्रान्तिका लागि तयार रहन पनि कार्यकर्तालाई निर्देशन दिइसकेको छ ।

हिजोबाट सुरु भएको राज्य समितिका सदस्यहरुको प्रशिक्षण कार्यक्रम तीनसाता सम्मचल्ने बताइएको छ । प्रशिक्षण कार्यक्रम अनुसार आज मिथिला राज्यमा कार्यकर्ता प्रशिक्षणको कार्यक्रम रहेको छ ।

अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल लगायतका नेताहरुले प्रशिक्षण दिइरहेका छन् ।


  •  
  •  
  •