नेकपा विप्लवका तीन कार्यकर्ता पक्राउ

179
  •  
  •  
  •  

झापा, ४ मंसिर (ओएनएस) :
प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले नेकपा विप्लवका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीका अनुसार कनकाई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसार्इं, झापा जिल्ला सदस्य सौगात भनिने सन्तोष कटुवाल र लीलाबहादुर लावती पक्राउ परेका हुन् ।

उनीहरुलाई निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •