सीपीएलको फाइनल खेल आज हुँदै

70
  •  
  •  
  •  

काठमाडौं । क्यारेवियन प्रिमियर लिग (सीपीएल)को फाइनल आज राति हुँदैछ । फाइनलमा ट्रिनबागो नाइटराईडर्स तथा सेन्ट लुसिया भिड्नेछन् ।

खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरु हुने छ । अपराजित रहेको नाइटराइडर्स चौथो उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

सेन्ट लुसिया भने पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ फाइनलमा उत्रने छ । नाइटराईडर्सले सेमिफाइनलमा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालवाजलाई ९ विकेटले पराजित गरेको थियो ।


  •  
  •  
  •