देजमोको अध्यक्षमा सिपि गजुरेल

1012
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमो) को अध्यक्षमा सिपि गजुरेल चयन भएका छन् ।

काठमाडौंमा भएको देजमोको प्रथम राष्ट्रिय सम्मेलनले गजुरेलको नेतृत्वमा ९५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
मोर्चाको महासचिवमा परी थापा चयन भएका देजमो नेकपा(क्रान्तिकारी माओवादी) स्रोतले जनाएको छ । बाँकी पदाधिकारी तथा विभागहरु गठन गर्न नवनिर्वाचित केन्द्रीय समितिको बैठक जारी छ ।

सम्मेलनको उद्घाटन आइतबार नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले गरेका थिए ।
देजमो वैद्यले नेतृत्वको क्रान्तिकारी माओवादीको वैधानिक मोर्चा हो ।


  •  
  •  
  •