नाकाबन्दी भारतलाई गलाको पासो : उपप्रधानमन्त्री मैनाली

289
  •  
  •  
  •  

????????????????????????????????????

काठमाडौँ, २२ कात्तिक(ओएनएस) : उपप्रधान महिला तथा बालबालिका मन्त्री सिपी मैनालीले मधेश आन्दोलन भारतकै इशारामा भएको बताएका छन् ।

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भारतीय भूमीको प्रयोग गर्दै र भारतकै राजनीतिक दलहरूको सहयोगकै कारण मधेश आन्दोलन भइरहेको बताए । मैनालीले भारतले लगाएको अघोषित नाकाबन्दी एक मधेश एक प्रदेश हुँदै दूई मधेशसम्म पुगेर नेपालको तराई क्षेत्रलाई आफ्नो अधिनमा पार्ने रणनीति भएको भन्दै मधेश आन्दोलनका नेताहरूसँग नेपाललाई कुनै त्रास नभएको र सिधै दिल्लीसँग त्रास रहेको बताएका छन् ।

मधेशका जायजमाग पुरा गर्न सरकारले सर्वपक्षीय नयाँ समिति गठन गरेर समस्या समाधान गर्न तत्पर रहेता पनि मधेशवादी आन्दोलनकारी नेतृत्वको हठ र भारतको अदृश्य सहयोगी भूमिकाले समस्या समाधान हनु नसकेको उनको टिप्पणी थियो ।

भारतले लगाएको अघोषित नाकाबन्दीकाबारे जानेर होस् वा नजानेर अन्तराष्ट्रिय कारण भईसकेको र नाकाबन्दी तत्कालै खुल्न सक्ने अवस्था नहरेको भन्दै भारतलाई समेत नाकाबन्दी गलाको पासो बनेको उनको ठहर छ ।

भारतले लगाएको नाकाबन्दीले नेपाललाई चीनसँग नजिक हुन र उत्तर तर्फका नाका खोल्न सहयोग पुराएपनि भारतसँगको सामान खरिद बिक्रिका लागि कुटनीतिक पहल गर्दै सम्बन्ध सुधारतर्फ नेपाल अग्रसर बन्न आग्रह गरेका छन् ।

फरक प्रसंगमा राजेन्द्र महत्तोले कसरी वंशजको आधारमा नागरिकता पाए भन्ने समेत नेपाली राजनीतिक वृतमा बहस उत्पन्न भएको समेत उनले बताएका छन् । नेपाली काँग्रेसलाई कसैले पनि प्रतिपक्षमा बसाल्न नचाहे पनि काँग्रैसकै नेताहरुको भूमिकाले यस्तो अवस्था देखिएको बताउँदै मैनालीले काँग्रेसले तराईवादी दललाई बुई चढाएर अगाडी बढे काँग्रेसको पनि दिन सकिने र विपिले अंगालेको नीति खडेरीमा पर्ने दाबी गरेका छन् ।


  •  
  •  
  •