सिन्धुली, ९ माघ(ओएनएस) : नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेललर माघ ८ मा संविधान जारी गर्ने संसदवादी दलको नशा उत्रिएको बताएका छन् ।
सिन्धुलीमाढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले संसदवादी दलहरूले माघ ८ मा संविधान जारी गर्ने भनेर लागेको नशा उत्रिएको बताएका हुन् । उनले यो संविधानसभाले कुनै पनि हालतमा संविधान जारी गर्न नसक्ने ठोकुवा समेत पत्रकार सम्मेलनमा गरेका छन् । धेरैवटा माघ ८ को मिती तोकिएपनि संविधान जारी नहुने बताएका छन् ।
उनले संविधानभित्र र बाहिर रहेका सबैलाई समेटेर अधिकार सम्पन्न राष्ट्रियसभा बोलाएर सबैको माग सम्बोधण गर्दै संविधान जारी गर्नुपर्ने धारणा राखेका छन् ।
उनले संविधानसभाभित्र सभासद्ले कुर्सी भाँचेको विषयमा टिप्पणी गर्दै सो विषय स्वभाविक भएको बताउँदै अन्य संसदवादी देशमा पनि यस्ता घटना हुने गरेको बताएका छन् । उनले प्रचण्डले कुर्सी भाँचिएकोमा आत्मआलोचना गर्नु नपर्ने धारणा राखेका छन् ।
दुई तिहाईको दम्भ देखाए देश द्धन्द्धमा फस्ने चेतावनी दिँदै उनले कांग्रेस-एमालेले विकल्प दिँदा समेत नमानेको आरोप लगाएका छन् । उनले अव जन संघर्षबाट संविधान जारी गर्ने चेतावनी दिए । पहिलाको संविधानसभा ठिक भएपनि संविधान बनाउन देशी विदशी शक्तिहरुले नदिएको भन्दै अहिलेको संविधानसभा पश्चगमनको हतियार भएकाले कुनै अर्थ नरहेको उनले टिप्पणी गरे ।