कांग्रेस-एमाले सत्ता टिकाउने खेलमा : गजुरेल

210
  •  
  •  
  •  

पाँचथर, २३ मंसिर (ओएनएस)  : नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले कांग्रेस एमालेको सत्ता टिकाउन माघ ८ मै संविधान जारी गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघले पाँचथरको फिदिममा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गजुरेलले संंविधानसभामा कांग्रेस र एमालेको दुईतिहाई वहुमत रहेकाले उनीहरुले माघ ८ मै पश्चगामी संविधान जारी गर्ने बताए । माघ ८ पछि केपी ओलीलाई प्रधानमन्त्री वनाउन दुईदलबीच यसअघि नै सम्झौता भएकाले सत्ता समिकरण टिकाउनकै लागि संविधान जारी गर्न एकमत भएको जिकिर गरे ।

उनले यसरी बन्ने संविधानले दशवर्षे जनयुद्व ०६२÷०६३को जन आन्दोलनसंगै मधेश र जनजाति आन्दोलनको भावना सम्वोधन नगर्ने ठोकुवा गर्नुभयो । माघ ८ अघि नै आन्दोलन गरेर संविधानसभा विघठन गर्ने उनले चेतावनी पनि दिए । आफुहरुले अहिलेसम्म गरेका आन्दोलनप्रति सरकारले वास्ता नगरेकाले देशव्यापी आंधीवेहरी सिर्जन गर्ने उनको भनाइ थियो ।


  •  
  •  
  •