नव्याएको गाईले दुध दिएपछि

516
  •  
  •  
  •  

म्याग्दी, २२ भदौ । बेनीका किसानले पालेको एकवटा गाईले नब्याउँदै दूध दिने गरेको छ ।

मल्लाज माझफाँट–३ वारी बेनीका किसान अम्बिका र खेमबहादुर गुरुङले पालेको साढे दुई वर्षको जर्सी गाईले नब्याउँदै दूध दिएको हो ।

गत वैशाख १९ गते दुई वर्ष पुगेको एकपटक पनि नब्याएको गाईले जेठको १४ गतेदेखि नियमित दूध दिइरहेको कृषक अम्बिका गुरुङले जानकारी दिए । कृषक गुरुङका अनुसार २०७० माघ ५ गते कृत्रिम गर्भाधान गराइएको उक्त गाई कात्तिकमा ब्याउनेछ ।

सुरुमा दैनिक सात लिटर दूध दिएको उक्त गाईले गर्भमा रहेको बाच्छो बढ्दै गएकाले अहिले दैनिक पाँच लिटरका दरले दूध दिइरहेको छ । ‘पहिलो बेत पनि नब्याउँदै कल्चौरा बढेर थुन पग्रिएपछि दुहुन थालेका हौं, उनले भने,’ ‘ यसअघि नब्याइकन दूध दिएको सुनेको पनि थिएन ।’

जिल्ला पशु सेवा कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुवास रेग्मीले अपवादका रूपमा यस्तो हुने गरेको भन्दै पछि उत्पादन हुनुपर्ने हर्मोन अघि नै उत्पादन भएकाले गाईले नब्याए पनि दूध दिएको बताए ।


  •  
  •  
  •