पत्नीसहित छोराको फार्म हाउसमा दाहाल (फोटोफिचर)

353
  •  
  •  
  •  

काठमाडौं, ११ साउन (ओएनएस) :  एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार एकाएक चितवन पुगेका छन् । राजनीतिक कायक्रमलाई सम्बोधन गर्नमात्र राजधानी बाहिर जाने दाहाल यो पटक भने फरक कारणले पत्नीसहित चितवन पुगे ।

सासुआमाको निधनका कारण शोकमा परेका उनी यतिबेला छोराको प्रगती देखेर दङ्ग परेका छन् । पार्टिभित्रै बिवादको कारण बनेका प्रकाश दाहालले आफ्नो मेहनतमा गाई फार्म गरेको दृश्य अवलोकन गर्न दाहाल आइतबार एकाबिहानै चितवन गएका हुन् ।

दाहालपुत्रले बाबुआमाले फार्म अवलोकन गरेको तस्वीर फेसबुक मार्फत सार्वजनिक गरेका छन् । ‘मामाभाञ्जा लाइभ स्टक’का नामले परिचित यो फार्मले दिनको लगभग एक सय २० लिटर दुध उत्पादन गर्नेगरेको प्रकाशले फेसबुकमा उल्लेख गरेका छन् । प्रकाशले आफ्नो अग्रसरतामा काठमाडौंमा बंगुर पालन समेत गर्दै आएका छन् ।

Prachanda_Chitwan_06

prakash 2

prakash


  •  
  •  
  •