किसानलाई ९० प्रतिशत अनुदानमा बीमा गरिएको जर्सी गाई

340
  •  
  •  
  •  

काठमाडौं २९ पुस । सरकारले भूकम्पपीडित किसानलाई अनुदानमा कोरली गाई वितरण गर्ने तयारी गरेको छ । भूकम्पबाट पीडित बनेका २४ जिल्लाका किसानलाई ९० प्रतिशत अनुदानमा बीमा गरिएको सुविधासहित जर्सी गाई वितरण गर्न लागिएको हो ।

पशुपंक्षी मन्त्रालय अन्तर्गतको पशु उत्पादन निर्देशनालयले यो योजना आगामी फागुनको अन्तिम सातादेखि कार्यान्वयनमा ल्याउन आवश्यक गृहकार्य सुरु गरेको छ । निर्देशनालयका निर्देशक डा. विमल निर्मलका अनुसार सार्वजनिक खरिद ऐनसँग मिल्ने गरी अनुदानमा जसी जातका कोरली गाई वितरण कार्यक्रम कार्यविधि संशोधन गरेर यो कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ । अन्नपूर्णपोस्ट


  •  
  •  
  •