काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

254
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंमा २ र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३ सय ४७ पुगेको छ । यसअघि गएको शुक्रबार काठमाडौं उपत्यकामा एकैदिन ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Press Briefing on COVID-19 2077.03.28

Press Briefing on COVID-19 2077.03.28#COVID-19

Ministry of Health and Population-Nepal यांनी वर पोस्ट केले रविवार, १२ जुलै, २०२०


  •  
  •  
  •