कोभिड–१९(अपडेट): संक्रमितको संख्या १ करोड १२ लाख नाघ्यो, ५ लाख ३० हजार बढीको मृत्यु

६० लाख ५९ हजार ५ सय ६५ जना उपचारपछि निको
71
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड १२ लाख नाघेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कुल संक्रमितको संख्या एक करोड १२ लाख, ६७ हजार ३ सय ९ पु्गेको छ ।

यस्तै कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ५ लाख ३० हजार ७ सय ५४ पुगेको छ । विश्वभर ६० लाख ५९ हजार ५ सय ६५ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको २८ लाख ३९ हजार ४ सय ३६ जना पुगेको छ । १ लाख २९ हजार ६७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ८ लाख ९४ हजार ३ सय २५ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ १५ लाख, ७७ हजार ४ जना संक्रमित भएका छन् । त्यसमध्ये ६४ लाख २ हजार ६५ जनाको मृत्यु भएको छ । ९ लाख ९० हजार ३३१ जना उपचारपछि निको भएका छन् ।

रुसमा ६ लाख ७३ हजार ५ सय ६४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १० हजार ११ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार १ सय २७ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा भारत चौथो स्थानमा छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ७३ हजार १ सय ६५ पुगेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १९ हजार २ सय ६८ पुगेको छ । यस्तै भारतमा कोरोना भाइरस संक्रमितमध्ये ४ लाख ९ हजार ८३ जना उपचारपछि निको भएका छन् ।

पेरुमा २ लाख ९९ हजार ८० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १० हजार ४१२ जनाको मृत्यु भएको छ ।
१ लाख ८९ हजार ६२१ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा कोभिड–१९ का कारण ४४ हजार २८३ जनाको ज्यान गएको छ । त्यहाँ कुल संक्रमितको संख्या २ लाख ८६ हजार ४ सय १२ जना रहेको छ । यहाँ संक्रमितमध्ये १३ सय ७५ जना मात्रै उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •