गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०८८ पुग्यो

308
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०८८ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जना संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमितमा गोरखाका ५ जना र कास्कीका ४ गरि ९ जना व्यक्तिहरु रहेका छन् । उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । गोरखा जिल्ला, पालुङटार नगरपालिका – ७, वर्ष ४४ का गोरखा अस्पतालमा आज मृत्यु भएका व्यक्तिको शब ब्यबस्थापनको तयारी भैरहेको छ ।


  •  
  •  
  •