कोभिड-१९(अपडेट): संक्रमितको संख्या २ करोड २ लाख नाघ्यो, ७ लाख ४१ हजार बढीको मृत्यु

१ करोड २५ लाखबढी निको
74
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड २ लाख ९५ हजार ३४३ पुगेकाे छ ।

अमेरिकास्थित जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ७ लाख ४१ हजार ४ सय २३ पुगेको छ । विश्वभर १ करोड २५ लाख ९२ हजार ११४ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ५१ लाख ४१ हजार २ सय ८ जना पुगेको छ । १ लाख ६४ हजार ५३७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १७ लाख १४ हजार ९६० जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ ३० लाख ५७ हजार ४७० जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख १ हजार ७५२ को मृत्यु भएको छ । २४ लाख ४९ हजार ३३८ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत तेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या २३ लाख २९ हजार ६३८ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४६ हजार ९१ पुगेको छ । १६ लाख ३९ हजार ५९९ जना उपचारपछि निको भएका छन् ।

रुसमा ८ लाख ९५ हजार ६९१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १५ हजार १ सय ३ जनाको मृत्यु भएको छ । ७ लाख १ हजार ७९६ जना उपचारपछि निको भएका छन् ।

साउथ अफ्रिकामा कोरोना संक्रमितको संख्या बढी हुने देशमा पाँचौ स्थानमा आएको छ । साउथ अफ्रिकामा ५ लाख ६६ हजार १०९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १० हजार ७ सय ५१ जनाको मृत्यु भएको छ । ४ लाख  २६ हजार १२५ जना उपचारपछि निको भएका छन् ।

 

 


  •  
  •  
  •