कोभिड–१९ का कारण विदेशमा हालसम्म १ सय ९१ नेपालीको मृत्यु

86
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विदेशमा हालसम्म १ सय ९१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अनुसार भारतमा यो साता थप २ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेवियामा रहेका नेपालीहरुमा थप नयाँ संक्रमण देखिएको संघले जनाएको छ ।

यो साता अष्ट्रेलिया रहेका १ सय ४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको छ । लग्जेम्वर्गमा रहेका नेपालीहरुमा सामूहिक रुपमा देखिएको कोरोना संक्रमितहरु संक्रमणमुक्त हुँदै गएका छन् ।

विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ । ती मध्य १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ । अहिलेसम्म नेपालभन्दा बाहिर रहेका ३३ हजार भन्दा बढी नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

तिमध्ये ३१ हजार भन्दा बढी संक्रमण मुक्त भैसकेका छन् । संघका अनुसार कोरोनाका कारण विदेशमा अलपत्र परेका ५८ देशका ४६ हजार ३ सय भन्दा बढी नेपालीको उद्धार गरिएको छ । विदेशमा विविध कारण मृत्यु भएका २ सय ४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ ।


  •  
  •  
  •