सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि

37
  •  
  •  
  •  

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण देखिएको छ । सांसद यादव आफैंले यसबारे फेसबुकमा आफु कोरोना संक्रमित भएको जानकारी गराएका छन्।

‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु’ उनले फेसबुकमा लेखेका छन्।

उनले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्। साथै उनले आफू छिट्टै निको हुने र फेरि जनताको काममा फर्किने जनाएका छन्।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि यसअघि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो। उनी पनि काठमाडौंस्थित आफ्नो निवासमा आइसोलेसनमा बसिरहेका छन्।

आदरणीय दाजुभाइ दिदिबहिनी ! आज मात्र सम्मानीय प्रधानमन्त्रीज्युलाई मैले पत्रका प्रेषित गर्दै, बीरगन्जमा बढ्दो कोरोना…

Pradip Yadav / प्रदीप यादव यांनी वर पोस्ट केले शुक्रवार, ३१ जुलै, २०२०


  •  
  •  
  •