नेपालसहित अन्य ७ देशका नागरिकलाई कुवेत प्रवेशमा रोक

51
  •  
  •  
  •  

काठमाडौं । कुवेत सरकारले नेपालसहित अन्य ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

रोक लगाइएका अन्य देशहरुमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स रहेका छन् ।

कवेतले अगष्ट १ देखि व्यवसायिक उडानहरु खोल्दैछ । उडान खुले पनि नेपालसहित सात देशका नागरिकले कुवेत प्रवेश गर्न पाउने छैनन् ।

कुवेत खाडीको सानो देश भए पनि त्यहाँ झण्डै ७० हजार नेपाली कार्यरत छन् । गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति खुलेसँगै कुवेत जान पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि बढिरहेको छ ।


  •  
  •  
  •