गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ सय ७९ पुग्यो

393
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १४ सय ७९ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

नयाँ संक्रमितमा स्याङ्जाका ११, बागलुङका ८, तनहुँका ३, नवलपरासी पूर्वका १, लमजुङका ३ र कास्कीका १४ जना रहेका छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर निको हुनेको संख्या १२ सय ३० पुगेको छ ।


  •  
  •  
  •