चिनियाँ कोभिड खोप ५० प्रतिशत मात्रै प्रभावकारी

40
  •  
  •  
  •  


एजेन्सी । चीनको सिनोभ्याकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको छ । ब्राजिलमा गरिएको परीक्षणमा यो खोप एकदमै कम प्रभावकारी रहेको देखाएको हो। खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान रहेको छ ।

ब्राजिलको सरकारले कोभिडविरुद्ध देशभर लगाउन तयार राखेको दुई खोपमध्ये सिनोभ्याक एक हो। बेइजिङको सिनोभ्याकले कोरोनाभ्याक नामक खोप बनाएको हो। यसले मृतप्रायः कोरोनाभाइरसलाई शरीरमा प्रवेश गराएर मानिसमा रोगप्रतिरोधी क्षमतालाई लड्न सिकाउँछ।

गत साता ब्राजिलमा परीक्षण गरिरहेको बुटानटान इन्स्टिच्युटका अध्ययनकर्ताहरूले खोप कोभिड–१९ का मध्यमदेखि गम्भीर खालका अवस्थामा ७८ प्रतिशत प्रभावकारी रहेको बताएका थिए।

तर मङ्गलवार उनीहरूले सो तथ्याङ्कमा उपचार आवश्यक नपर्ने सामान्य मध्यम खालका सङ्क्रमण भएका व्यक्तिहरूको तथ्याङ्क समावेश नगरिएको बताएका छन्। बीबीसीका अनुसार त्यो तथ्याङ्क पनि राख्दा यसको प्रभावकारिता ५०.४ प्रतिशतमा झरेको थियो।


  •  
  •  
  •