इटलीले अस्ट्रेलिया पठाउन लागिएको कोरोनाविरुद्धको खोप रोक्यो

87
  •  
  •  
  •  


एजेन्सी । इटलीले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड आस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोकेको छ । इटलीस्थित आस्ट्राजेनेकाको कम्पनीमा निर्मित २ लाख ५० हजार खोप अष्ट्रेलिया पठाउन रोकिएको हो ।
अष्ट्रेलिया पठाउन कार्गो पानी जहाजमा राखिसकेको अवस्थामा इटली सरकारले खोप पठाउन रोकेको हो । अस्ट्रेलियाले गत सातादेखि फाइजररबायोएनटेक प्रयोग गर्दै खोप अभियान शुरु गरेको छ । आस्ट्राजेनेका खोप शुक्रवारदेखि लगाउने कार्यक्रम थियो ।

अस्ट्रेलियाले एउटा खेप खोप पाउन नसक्दैमा खोप अभियान प्रभावित नहुने जनाएको छ । युरोपेली संघ ‘ईयू’ को नयाँ नियम प्रयोग गर्दै इटालीको खोप पठाउन रोक लगाएको हो ।

युरोपली मुलुकलाई दिने प्रतिबद्धता गरेको खोप उपलब्ध नगराएमा निर्यात रोक्नसक्ने निर्णय यसअघि ईयुले गरेको थियो ।

इटलीको कदममा युरोपेली आयोगको साथ रहेको बताइएको छ । इटलीको कदमबारे ईयू र खोप निर्माताले कुनै प्रतिक्रिया जनाएका छैनन् ।


  •  
  •  
  •