२६०७ संक्रमित थपिँदा २१४१ निको

130
  •  
  •  
  •  


काठमाडौं । नेपालमा थप २ हजार ६०७ जना कोरोना संक्रमित थपिँदा २ हजार १४१ जना कोरोनाबाट निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ११ जनामा पिसिआर परीक्षण गरिएकोमा १७६८ पोजेटिभ देखिएको थियो भने ४७७३ को एन्टिजेन परीक्षण गरिएकोमा ८३९ मा पोजेटिभ देखिएको थियो।

देशभर पछिल्लो २४ घण्टामा २ हजार १४१ जना कोरोनाबाट निको भएका छन् । त्यस्तै ३९ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट ८ हजार ५९७ जनाको मृत्यु भएको छ।
काठमाडौं उपत्यकामा थप ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका ४१३ जना, ललितपुरका १२१ जना र भक्तपुरका ३६ जना छन्।

अहिले काठमाडौंका मात्रै ७ हजार १३५, ललितपुरका ३ हजार ७१ र भक्तपुरका २ हजार ३०८ जना छन्।


  •  
  •  
  •