कोभिड-१९(अपडेट): विश्वभर ६ करोड ७ लाख संक्रमितमध्ये ४ करोड १६ लाख संक्रमणमुक्त

103
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित ६ करोड ७ लाख ८२ हजार ५७४ मध्ये ४ करोड २० लाख ८१ हजार ९१७ जना उपचारपछि निको भएका छन् । वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख २७  हजार  ८९५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ७२ लाख ७२ हजार ७६२ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड ३१ लाख ३९ हजार ८८२ जना पुगेको छ । २ लाख ६८ हजार २६२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७८ लाख ८ हजार ५९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५० लाख ६३ हजार ५६१ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०५ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार २६१ पुगेको छ । ८६ लाख ७९ हजार १३८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ५२ हजार ३०६ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ६१ लाख  ६६ हजार ८९८ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७० हजार  ७९९ को मृत्यु भएको छ । ५५ लाख १२ हजार ८४७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ८३ हजार २५२ जना रहेका छन् ।

रुसमा २१ लाख ८७ हजार ९९० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३८ हजार ६२ जनाको मृत्यु भएको छ । १६ लाख ८५ हजार ४९२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ६४ हजार ४३६ जना रहेका छन् ।

फ्रान्समा २१ लाख ७० हजार ९७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५० हजार ६१८ जनाको मृत्यु भएको छ । १ लाख ५६ हजार ५५२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १९ लाख  ६२ हजार ९२७ जना रहेका छन् ।


  •  
  •  
  •