यूएईस्थित नेपाली दूतावासको कन्सुलर सेवा बन्द

87
  •  
  •  
  •  


काठमाडौं । यूएईस्थित नेपाली दूतावासले तीन कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्सुलर सेवा बन्द गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै दूतावासले मंगलबारदेखि राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्रप्रमाणिकरण लगायत अन्य कागजात प्रमाणिकरणको काम अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ ।
तर अत्यन्त जरुरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरु भने यथावत रुपमा प्रदान गरिने दूतावासले उल्लेख गरेको छ ।

दूतावासको फ्रन्ट लाइनमा कार्यरत ३ जना स्थानीय कर्मचारीमा कोरोना सङ्क्रमण भएको छ । अत्यावश्यक कामका लागि भने दूतावासमा ०२६३४४३८५ नम्बरमा फोन गरेर या eonabudhabi@mofa.gov.np  मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।


  •  
  •  
  •