काठमाडौं । काठमाडौं उपत्यकामा थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ४४८ पुरुष र ३३७ महिला संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौंमा ७६६०, भक्तपुरमा ५८० र ललितपुरमा १४९९ जना सक्रिय संक्रमित छन्।