काठमाडौं उपत्यकामा थप ६३ जनामा कोरोना संक्रमण

106
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकाका ३ जिल्लामा थप ६२ जनामा कोरोना पुष्टि भएको बताए।

थपिएका नयाँ संक्रमितमा काठमाडौँका ५६ र भक्तपुर र ललितपुरका ३/३ जना रहेका छन्। यसअघि शुक्रबार काठमाडौं उपत्यकामा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •