कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

100
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ जनाको मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेमा पर्सा छप्कैयाका एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोका ६ की ४१ वर्षीया महिला रहेका छन् ।

काठमाडौं टोखाकी एक महिलाको उपचारकै क्रममा शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वीरगन्ज महानगरपालिका छपकैया ३ का ७४ वर्षका पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोरङको विराटनगर महानगरपालिकाका ९ का ५८ वर्षका पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डा.गौतमले बताए ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।


  •  
  •  
  •