कोभिड-१९(अपडेट): विश्वभर संक्रमितको संख्या १ करोड ८० लाख नाघ्यो, ६ लाख ८९ हजार बढीको मृत्यु

१ करोड ६ लाख बढी निको
92
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ८० लाख ८२ हजार ६१६ पुगेकाे छ ।

अमेरिकास्थित जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ६ लाख ८९ हजार ४ सय २८ पुगेको छ । विश्वभर १ करोड ६ लाख ९४ हजार ८ सय १२ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ४६ लाख ६७ हजार ९ सय ५७ जना पुगेको छ । १ लाख ५४ हजार ८६० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १४ लाख ६८ हजार ६८९ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ २७ लाख, ०७ हजार ८७७ जना संक्रमित भएका छन् । त्यसमध्ये ९४ हजार १०४ को मृत्यु भएको छ । २७ लाख ३३ हजार ६७७ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत तेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ३ हजार ६ सय ९५ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ हजार १ सय ३५ पुगेको छ । ११ लाख ८६ हजार २०३ जना उपचारपछि निको भएका छन् ।

रुसमा ८ लाख ४९ हजार २७७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १४ हजार १ सय ४ जनाको मृत्यु भएको छ । ६ लाख ४८ हजार ९६१ जना उपचारपछि निको भएका छन् ।

साउथ अफ्रिकामा कोरोना संक्रमितको संख्या बढी हुने देशमा पाँचौ स्थानमा आएको छ । साउथ अफ्रिकामा ५ लाख ११ हजार ४८५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ८ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । ३ लाख  ४७ हजार २२७ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •