स्याङ्जा १० दिनका लागि सिल

493
  •  
  •  
  •  

स्याङ्जा । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्याङ्जा जिल्ला १० दिनका लागि सिल गरिने भएको छ । समुदायस्तरमा संक्रमण फैलने त्राससँगै मंगलबारको सीसीएमसी बैठकले १० दिन सिल गर्ने निर्णय गरेको हो ।

स्याङ्जामा एक साता अघिदेखि जिल्ला प्रहरी कार्यालय सिल गरिएको थियो । सोमबार थप १८ सहित कुल २१ प्रहरीमा कोरोना संक्रमण भेटिएको छ ।

समाजमा कोरोना भाइरस फैलिन नदिन अत्यावश्यक सेवाबाहेक आवतजावतमा पूर्ण रुपमा बन्देज गरिएको हो । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनताको सुरक्षामा खटिएका प्रहरी प्रमुखसहित २१ सुरक्षाकर्मी कोरोना पुष्टि भएपछि जिल्ला बन्द गर्ने निर्णय गरेको हो ।


  •  
  •  
  •