गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ सय ६० पुग्यो

206
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार तनहुँमा १, बागलुङमा १, लमजुङ ३ र कास्कीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय ६० पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 


  •  
  •  
  •