कोभिड-१९(अपडेट): संक्रमितको संख्या १ करोड ५२ लाख नाघ्यो, ६ लाख २३ हजार बढीको मृत्यु

८६ लाख ४५ हजार बढी उपचारपछि निको
195
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५२ लाख ३१ हजार ९ सय ६७ पुगेकाे छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ६ लाख २३ हजार ४ सय ९१ पुगेको छ । विश्वभर ८६ लाख ४५ हजार ५ सय ३१ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ३९ लाख ७० हजार ९ सय ८ जना पुगेको छ । १ लाख ४३ हजार १ सय ९० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १२ लाख १० हजार ८४९ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ २२ लाख,२७ हजार ५ सय १४ जना संक्रमित भएका छन् । त्यसमध्ये ८२ हजार ७ सय ७१ को मृत्यु भएको छ । १५ लाख ९१ हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत तेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या १२ लाख ३८ हजार ७ सय ९८ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ हजार ८ सय ६१ पुगेको छ । ७ लाख ८२ हजार ६ सय ७ जना उपचारपछि निको भएका छन् ।

रुसमा ७ लाख ८७ हजार ८ सय ९० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १२ हजार ७ सय २६ जनाको मृत्यु भएको छ । ५ लाख ७१ हजार ४९ जना उपचारपछि निको भएका छन् ।

साउथ अफ्रिकामा कोरोना संक्रमितको संख्या बढी हुने देशमा पाँचौ स्थानमा आएको छ ।

साउथ अफ्रिकामा ३ लाख ९४ हजार ९ सय ४८ जनामा संक्रमण देखिएको छ ।

त्यसमध्ये ५ हजार ९ सय ४० जनाको मृत्यु भएको छ । २ लाख २९ हजार १ सय ७५ जना उपचारपछि निको भएका छन् ।

पेरुमा ३ लाख ६६ हजार ५ सय ५० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १३ हजार ७ सय ६७  जनाको मृत्यु भएको छ । २ लाख ५२ हजार २ सय ४६ जना उपचारपछि निको भएका छन् ।

 


  •  
  •  
  •