गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण

258
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा आइतबार बिहान साढे १० बजेसम्म १२ जना कोरोना संक्रमित थपिएका हुन् । नयाँ संक्रमितमा पर्वतका २, बाग्लुङका २, स्याङ्जाका २ र म्याग्दीका ६ जना रहेका छन् ।

यस्तै बिहान ११ बजेसम्म थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा लमजुङका ६ जना र कास्कीका ६ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १३ सय २ पुगेको छ ।


  •  
  •  
  •