काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

246
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेको जानकारी गराए ।

योसँगै नेपालमा सोमबार १४४ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म नेपालमा कुल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार २९४ पुगेको छ ।


  •  
  •  
  •