काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण

298
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराए ।

उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जना, त्रिवि शिक्षण अस्पतालमा गरीएको परीक्षणमा काठमाडौंका १२ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १५ जना, ललितपुरका १३ जना र भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि बिहीबार काठमाडौंमा थप पाँच जना, बुधबार २३ जना, मंगलबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •