गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११६२ पुग्यो

371
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार नयाँ संक्रमितमा तनहुँका ८ जना, पर्वतका १ जना, बाग्लुङका १ जना, गोरखाका १ जना, नवलपरासी पूर्वका २ जना रहेका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११६२ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितमध्ये ६३३ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •