नेपालमा बुधबार २ सय ५५ कोरोना संक्रमित थपिए, २५३ जना डिस्चार्ज

134
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय ५३ जना कोरोना संक्रमणमुक्त भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ७५२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४७ दशमलव २ प्रतिशत संक्रमितको संक्रमणमुक्त भएर घर फर्किएका छन् । हालसम्म देशभरका क्वरेन्टिनमा २५ हजार २० जना रहेका छन् भने ८ हजार ६३६ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । हालसम्म देशभर दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

त्यसैगरी तीन लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६९६ पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।


  •  
  •  
  •