काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण

122
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै पाटन अस्पतालको प्रयोगशालामा भक्तपुर ४ जना, काठमाडौं १२ जना, ललितपुरका १० जनामा कोरोना संक्रमण भएको छ। यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।

यसअघि सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै उपत्यकामा कुल संक्रमितको संख्या २ सय ६७ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।


  •  
  •  
  •