नेपालमा थप २ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार १६८ पुग्यो

122
  •  
  •  
  •  

काठमाडौं । नेपालमा मंगलबार थप २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै संक्रमितको संख्या १६ हजार १६८ पुगेको बताए ।

यस्तै मंगलबार ६ सय ८८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ४९९ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।


  •  
  •  
  •