बिरामीमा कोरोना पुष्टि भएपछि गंगालाल अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

382
  •  
  •  
  •  

काठमाडौं । अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौं बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल)को आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

अस्पतालले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मंगलबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेकाे हाे ।

भर्ना भएका केही बिरामीमा संक्रमण भएकोले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको अस्पतालले जनाएकाे छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार सोमबार गंगालाल अस्पताल भर्ना भएका ७ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार मात्रै भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत ४ जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै सोमबारै ललितपुरको स्टार अस्पतालमा २ जना, मेडिसिटी, अल्का र पाटन अस्पतालमा एकरएक जना गरी ४ जना भर्ना भएका बिरामीमा पनि संक्रमण देखिएको थियो ।

काठमाडौं उपत्यकामा सोमबार मात्रै थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै उपत्यकामा कुल संक्रमितको संख्या २ सय ३९ पुगेको छ ।

 


  •  
  •  
  •