मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गर्न गृहको निर्देशन

212
  •  
  •  
  •  

काठमाडौं । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सोमवर ७७ आटै जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै उक्त निर्देशन दिएको हो । उक्त नियम सोमबारबाटै लागू भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

अब स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क नलगाईकन बाहिर हिंडडुल गर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही हुने छ ।

खुकुलो लकडाउनमा पनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले खुकुलो लकडाउनको नीति उल्लंघन गरेको भन्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

खुकुलो लकडाउनमा स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी काठमाडौं पनि संक्रमणको उच्च जोखिममा पाइएको भन्दै गृहले उक्त निर्देशन कडाईका साथ लागू गर्न प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गरेको हो । सरकारले गत असार १ गतेदेखि लकडाउनलाई खुकुलो बनाएको थियो ।
नेपालमा हालसम्म १५ हजार ९ सय ६४ जनामा कोरोना संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या ३५ पुगेको छ । सोमबार मात्रै थप १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये ५४ जना काठमाडौं उपत्यकाका रहेका छन् ।


  •  
  •  
  •