काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ४७६ संक्रमित थपिएको पुष्टि गरे ।
नयाँ संक्रमितमा १ सय १२ महिला र ३ सय ६४ पुरुष रहेका छन् । हाल देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।
कुल कोरोना संक्रमितको संख्या १३ हजार २४८ नाघेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि तीन हजार १३४ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १२१ डिस्चार्ज भएका छन् । जसमा १३ महिला र १०८ पुरुष रहेका छन् ।
हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म एक लाख हजार जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७९१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
देशभरका विभिन्न क्वारेन्टिनमा ५७ हजार ३६८ मानिसहरु रहेका छन् भने आइसोलसनमा १० हजार ८५ कोरोना संक्रमितहरु रहेका छन् ।